समाचार

चार महिनाभित्र पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने

Banner

दैलेख, वैशाख ८-

नेपालको लागि गौरवको आयोजना मानिएको दैलेखमा शुरु हुन लागेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने भएको छ । पेट्रोलियम पर्दाथको परिमाण पत्ता लगाउनको लागि अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम शुरु गरिएको सँगै चार महिना भित्र परिमाण पत्ता लाग्ने अन्वेषण टोलीले जनाएको छ ।

पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन मुख्य ड्रिलिङको काम शुरु गरिएको अन्वेषणमा खटिएका प्राविधिक टोलीले जानकारी दिए । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम शुरु गरिएको हो । अहिले आयोजना स्थलमा सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय दैलेखले नेपाल प्रहरी,सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको छ ।

पेट्रोलियम पदार्थ उत्खनन आयोजना स्थल जलजले एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये आयोजना स्थलमा एक सय २० ट्रक मात्र आई पुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा चार किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम धमाधम अगाडी बढी रहेको छ । काम सञ्चालन भए सँगै जिल्लाबासीमा खुशी छाएको छ भने ३४ जना जिल्लाबासीले समेत रोजगारी पाएका छन् ।

निकै ठूला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि तीनवटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माण सुरु गरिएको छ । वैशाख अन्तिमसम्म सबै सामान जलजले आइपुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनियाँ प्राविधिकले बताएका जानकारी दिए । अहिले चिनियाँ र नेपाली प्राविधिक मिलेर कामलाई तिव्रता दिईरहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>