Breaking News
यूएईमा आएको बाढीमा परी चितवनका एक युवाको मृत्यु
०
चितवन, वैशाख ६-
युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर चितवनका एक श्रमिकको मृत्यु भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।
यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे । यूएईमा तीन दिनदेखि निरन्तर पानी परेर बाढी आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>