चितवन विशेष

चितवनमा भोलिबाट हुने सूचना प्रविधि मेलाको तयारी अन्तिममा, २५ हजारले अवलोकन गर्ने अपेक्षा

Banner

चितवन, वैशाख ६–

चितवनमा भोलिबाट हुने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला अन्तिम चरणमा पुगेको छ ।

चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा भोलिदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने मेलाको तयारी अन्तिममा पुगेको हो ।
मेलालाई संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्वदेशी उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकासका लागि मेलाले सहयोग पु¥याउने विश्वास लिइएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लक्षित मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायतबाट स्टलको सहभागिता रहनेछ ।
स्वदेशी तथा विदेशी गरी २५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब १५० स्टलहरु रहनेछन् ।

प्रदर्शनीको दोस्रो दिन ‘नेपालमा दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ शीर्षकमा छलफलसहितको सेमिनार हुँदैछ । पहिलो दिनको सेमिनारको प्यानलिष्टमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशप्रसाद गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, शहीद स्मृति बहुमुखी क्याम्पसका प्राध्यापक सागर तिवारी, बोष्टर्न इन्टरनेशनल कलेजका एसिष्टेण्ट डाइरेक्टर नविनकुमार श्रेष्ठ, नेपाल युवा उद्यमी मञ्चका स्टार्टअप अध्यक्ष दिलिप पौडेल रहनेछन् । त्यस्तै दोस्रो दिनको सेमिनारमा मुख्य वक्ताको रुपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा.गोविन्दराज पोखरेल र प्यानलिष्टको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत, बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष डा.नरविक्रम थापा, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल राष्ट्र बैंकका उच्च पदस्थ प्रतिनिधि, नेपाल बैकर्स एशोसिएसनका प्रतिनिधि र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना रहनेछन् ।

प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबी तथा बिटुसी मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने लक्ष्य राखिएको छ । नवप्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने चितवनउद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने जानकारी दिए । उनले आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने बताए ।

त्यस्तै,प्रदर्शनीअन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा ‘चितवनको सम्मृद्धि सूचना प्रविधि’ भन्ने मुल ध्येय राखी ‘छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१’ आयोजना हुँदैछ । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । ‘छैँटौ टेकमाइण्ड नेटवर्क क्यानइन्फोटेक चितवन २०८१’ को मुख्यप्रायोजकको रुपमा टेकमाइण्ड नेकवर्क प्रालि रहेको छ ।
त्यस्तै डायमण्ड प्रायोजकमा मर्कनटायल अफिस सिष्टम, सेन्ट्रल कलेज,गोल्ड प्रायोजकमा डायानमिक टेक्नोसफ्ट प्रा.लि, एस पावर, म्याक्सिमा (हिकभिजन), प्लाटिनियम प्रायोजकमा टेकवल्र्ड डिष्ट्रिव्यूसर्न र डाऊवा टेक्नोलोजी, सिल्भर प्रायोजकमा एनटेक, डट टे«ड र आईटीसीएनटी, पार्टटरको रुपमा ठकरालवन, एक्सपर्ट ल्यापटप सोलुसन, क्लिक सफ्टवेयर, ब्रोडवे इनफोसिस, आकाश एसएमएस, इनोभेसन, अध्यापन रहेको कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनकाअध्यक्ष टेकलाल भुषालले जानकारी दिए ।

प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप तथा मोबाइल खरिद गर्न पाइने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुटलगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्तालाई अनलाइन रजिष्ट्रेशनगर्ने व्यवस्था मिलाइको छ । यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोला प्रथाको माध्यमबाट आकर्षण गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिनेछ ।

प्रदर्शनीमा आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताको माध्यमबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न सहयोगी हुने र वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको यस प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सम्पूर्ण सरोकारवाला निकायहरुबाट पूर्ण सहयोगको अपेक्षासमेत गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>