कर्पोरेट

ग्लोबल आईएमई बैँकले ल्यायो ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने योजना

Banner

चितवन, वैशाख ३-

ग्लोबल आईएमई बैँकले ६ हजार रुपैयाँमा विदेश भ्रमण गर्न पाउने योजना सार्वजनिक गरेको छ ।

बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्रेडिट कार्डबाहक ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण गर्ने योजना सार्वजनिक गरेको हो ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत अहिले आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको बैँकले जनाएको छ ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ती हजार २१० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो ।

बैँकको क्रेडिट कार्डबाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैँकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउने बैँकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>