Breaking News

चितवनमा किसानका कृषि बालीको अनुगमन, किसानका समस्यामाथि छलफल

Banner

पुजा ढकाल,

चितवन, चैत २४-

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चितवनका कृषकले लगाएका विभिन्न बालीहरुको अनुगमन गरेको छ ।

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य बिरबहादुर बलायरको नेतृत्वमा जिल्लाका विभिन्न क्षेत्रमा लगाइएका बालीहरुको अनुगमन गरिएको हो ।

चार दिने कार्यक्रमअन्तर्गत अनुगमनका क्रममा रत्ननगर नगरपालिका–१२ चितवनको केरा जोन सञ्चालन समन्वय समितिका संयोजक विष्णु हरि पन्तले बजार व्यवस्थापन, मललगायतका समस्यालाई उठान गरेका छन् । उनले केरामा ओइलाउने पानामा रोग लाग्ने गरेको बताए । उनले किसानले पर्याप्त रासायनिक मल नपाउने, खेती गर्न जग्गा अभाव, बजारीकरणमा समस्या, केरा बिमामा झन्झटिलो र समयमै भुक्तानी नहुने जस्ता समस्याहरु रहेको बताए ।

केरा जोनअन्तर्गत विसं २०७५ सालदेखि २१ समूह, दुई सहकारी र कम्पनी र १४६ निजी फर्मको सहकार्यमा एक हजार ५८० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जहाँबाट प्रति हेक्टर औषत २८.०५ मेट्रिक टन केरा उत्पादन गर्दा एक अर्ब ५३ करोड ३४ लाख २० हजार रुपैयाँ वाषिक आम्दानी हुने गरेको छ । मालभोग केराको स्वाद मिठो र उत्पादन बढी हुने भएकाले अधिकांश कृषकको रोजाइमा मालभोग जात नै पर्ने गरेको कृषि अधिकृत ईन्द्र ढुंगानाले बताए । साथै धान खेती गरेका किसानले बारीमा उत्पादन भएका बालीले राम्रो बजार मूल्य नपाउने, बजारसम्म पु¥याउन कठिन हुने र मल लिन घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या रहेको बताए ।

अनुगमनमा कृषकले राखेका समस्या र गुनासोको सम्बोधन गर्दै परियोजनाका सचिव गोविन्दप्रसाद शर्माले किसानका समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध भएको बताए । उनले किसानले लगाउँदै आएको विभिन्न अन्नबालीको स्थलगत अध्ययन गर्दै बजारको सुनिश्चितता गराउन र किसानलाई सहुलियत दरमा ऋण प्रदान गर्न राज्यलाई दबाब दिने बताए ।

त्यस्तै अनुगमनका क्रममा खैरहनी नगरपालिका–१३ कुमरोजमा साना किसान कृषि सहकारीको सहकार्यमा प्रतिनिधिसभाका सदस्य बलायरलगायतले मेसिनको प्रयोग गरेर धान रोपेका छन् । विसं २०५२ सालमा स्थापना भएको सहकारीले सञ्चालन गरेको कस्टम हायरिङ्ग सेन्टर पनि सञ्चालन गरेको छ । जुन सेन्टरको पनि सदस्यहरुले अवलोकन गरेका छन् । त्यस्तै खैरहनी–१० कठारमा महिलाले सञ्चालन गरेको महिला साना किसान कृषि सहकारी संस्थाको पनि उनीहरुले स्थलगत अवलोकन गरे । विसं २०६१ मा स्थापना भएको यस सहकारीमा महिलाले धान मिल, रासायनिक मल र विषादी बिक्री बितरण, धान रोप्ने मेसिन, ट्याक्टर, धानको सामुदायिक नर्सरी, बचत तथा ऋण र शेयर सदस्यको लागि बचत खाता पनि सञ्चालन गरेका छन्र ।

साथै उनीहरुले रत्ननगरसँगै माडीका किसानले उत्पादन गरेका तरकारीबारी, केरा, चैते धान र स्ट्रबेरी खेतीको समेत अनुगमन गरेका थिए । उक्त अनुगमन कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका पदाधिकारी र प्रतिनिधिसभाका सदस्यलगायत कृषकको सहभागिता रहेको थियो ।

किसानले लगाउँदै आएका विभिन्न अन्नबालीहरुको स्थलगत अध्यन गर्दै सांसद बलायरले बजारको सुनिश्चितता गराउन र किसानलाई सहुलियत दरमा ऋण प्रदान गराउन राज्यलाई तत्पर बनाउने जीकिर गरे । त्यस्तै, केरा तथा धानबाली गरिरहेका किसानले आफ्नै बारीमा उत्पादन गरेका केरा तथा अन्य बालीले राम्रो बजार भाउ नपाएको र उत्पादन भएका बस्तुहरु बजारसम्म पु¥याउन असहज भएको गुनासो गरेका थिए ।

संसदीय समितिसामु मल लिनको लागि अझै पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने किसानको दुःखेसो थियो । रत्ननगर र माडीका किसानले उत्पादन गरेका तरकारीबारी, केरा, चैते धान र स्ट्रबरी खेतीको समेत अनुगमन गरिएको हो । सो अनुगमन कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका पदाधिकारी र प्रतिनिधिसभाका सदस्यलगायत कृषकको सहभागिता रहेको परियोजना कार्यान्वयन एकाई, चितवनका प्रमुख महेश रेग्मीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>