चितवन विशेष

ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

Banner

चितवन, चैत २२–

ललितपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्रचार्यकोे नेतृत्वमा आएको भम्रण टोलीलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रमाउ उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदै यस किसिमका भेटघाटले मित्रता बढ्नुका साथै दुवै क्षेत्रका व्यवसायीको समस्या पहिचान गरी समस्या समधानका लागि सम्बन्धित निकायमा पहल गर्न सहज हुने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले स्वागत गर्दै उनले उद्योग वाणिज्य संघहरूले व्यावसायिक हितका साथै राष्ट्रिय हितका विषयमा पनि कुरा उठाउन पर्ने बताए ।उनले भरतपुर भ्रमण वर्ष–२०२४ लाई सफल बनाउन ललितपुर र चितवनबीच पर्यटकीय गतिविधि बढाउन भ्रमण टिमलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बर्जचार्यले उद्योग वाणिज्य संघ–चितवनले आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले संघको संक्षिप्त जानकारी दिए । उनले उद्योगी व्यवसायीहरुको हकहित एवम् समस्या समधानका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजबहादुर न्यौछयौले उद्योग वाणिज्य संघका अध्यक्षहरुको अस्तित्वका लागि सरकारी हिसाबमा पदको क्रमबद्धता खोज्नुपर्ने बताए । छलफलमा दुई उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध बिस्तार गरी चितवन र ललितपुरबीच व्यवसायिक परियोजनाहरुमा सहकार्य गर्नेलगायत ललितपुरका कलाकारिता चितवनमा भित्र्याउने देखि उद्योगी व्यवसायीका समस्यालाई समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिबद्ध भएका थिए ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्रचार्यको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी र नारायण प्रधान लगायत कार्यसमितिका सदस्यहरूउपस्थिति रहेको थियो । यसैगरी ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षलगायत पदाधिकारी र कार्यसमितिको उपस्थिति रहेको संघका कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी गराए । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>