शिक्षा

स्टार्स मन्टेश्वरीको दीक्षान्तमा नायक राजेश हमाल र संगीतकार कालीप्रसाद बास्कोटा आउने

Banner

चितवन, चैत २२ –

भरतपुर महानगरपालिका–११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले बालबालिकालाई गराउने दीक्षान्त कार्यक्रममा कलाकारहरु आउने भएका छन् ।

कार्यक्रममा नायक राजेश हमाल र संगितकार कालीप्रसाद बास्कोटा आउने भएका हुन् । यही चैत २४ गते भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक भव्य कार्यक्रमकाबीच मन्टेश्वरीले १२ औं दीक्षान्त समारोह गर्न लागेको जनाएको छ । समारोहमा नायक हमाल र संगितकार बास्कोटाको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी महिमा भट्टराईले गर्नेछिन् ।

मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाका अनुसार कार्यक्रममा विद्यार्थीहरुले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, मन्टेश्वरीका प्रतिनिधि र शुभचिन्तकहरुलाई सहभागी गराइने छ । उक्त दिन मन्टेश्वरीमा अध्ययनरत नर्सरीका ६३ जना, एलकेजीका ६० जना, युकेजीका २५ जनालाई दीक्षित गराई क्रमशः माथिल्लो कक्षामा लगिने छ । साथै १९ जना बालबालिका दीक्षित भई मन्टेश्वरीबाट बिदाई भएर अन्य विद्यालयमा जानेछन् । कार्यक्रमका दिन बिदाइ हुने १९ जना नानीबाबुलाई जीपमा र राजेश हमाललाई घोडाको बग्गीमा राखेर पञ्चे बाजासहित भरतपुर–११ का केही टोलहरुमा परिक्रमा गराइने छ । मन्टेश्वरीका प्रबन्ध निर्देशक रानाले मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने र त्यसलाई अरुले पनि पछ्याउँदै जाने गरेको बताए ।

मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ । ‘जहाँबाट तपाइँका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ’ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी विसं. २०६७ सालमा स्थापना भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>