Breaking News

खामको चितवन अदालतमा बयान जारी, खामको पक्षमा ४ जना वकिलले बहस गर्ने

०
Banner

चितवन, चैत २२–

काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्ष पछि पक्राउ परेका माओवादीका पुर्व कमान्डर कालीबहादुर खामको आजदेखी चितवन जिल्ला अदालतमा बयान लिन सुरु भएको छ ।

हिजो साझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछी आज विहान ११ः३० बजेदेखि खामको बयान सुरु भएको अदालतका श्रेस्तेदार विश्नुप्रसाद आचार्यले जानकारी दिए । खामको बयान सकिएपछि आजै थुनछेक बहस हुने र सम्भव भएसम्म आजै आदेश आउन सक्ने उनले बताए । उनका अनुसार प्रतिवादी खामको पक्षबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ता लक्षमण अधिकारी, गोपीलाल देबकोटा र विजय हमालले बहस गर्न नाम लेखाएको श्रेस्तेदार आचार्यले जानकारी दिए । जाहेरवालाको तर्फबाट सरकारी वकिलले मात्रै बहस गर्नेछन् ।

रामहरि श्रेष्ठको घरबाटै अपहरण पश्चात २०६५ वैशाख २६ गते हत्या भएको थियो । श्रेष्ठलाई सानो काम छ भन्दै वैशाख १५ गते मध्यराती तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन कमाण्डर गोविन्दबहादुर बटालासहितको टोलीले घरबाट लगेको मृतककी श्रीमती रमिलाले दिएको जाहेरीमा उल्लेख छ ।

यस घटनामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतले २०६८ जेठमा बटालालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सुनाएको थियो । त्यही बेला फरार अभियुक्त सबैको मुद्दा मुल्तवीमा राखेको थियो । अहिले खाम पक्राउ परेसंगै उक्त घटनाको फाइल पुनः अघि बढाईएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>