देश/प्रदेश
बझाङमा कार्यरत प्रहरी जवान मृत फेल
०

धनगढी, चैत २२-
जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा दार्चुलाको शैल्यशिखर-९ घर भएका प्रहरी जवान सुरुज विक मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी गएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























