देश/प्रदेश
अण्डाको नयाँ विक्री मूल्य निर्धारण, आजदेखि लागु
०

काठमाडौँं, चैत २२-
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ ।
यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।
सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाण्डौमा तीन दिनसम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको हो ।
नयाँ मूल्य आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























