अर्थ

सिद्धार्थ उद्योग वाणिज्य संघका व्यवसायीलाई चितवनमा स्वागत

Banner

चितवन, चैत २१-

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले एक कार्यक्रम गरी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई स्वागत गरेको हो ।

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ चितवनमा आएको छ । स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताए । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका संलग्नता बिना आर्थिक समृद्धिको नहुने भन्दै सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै जानुपर्ने बताए । उनले यस किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सरकारसँग पहल गर्नुपर्ने दुवै संघका समस्याहरूको पहिचान हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भिष्मप्रसाद न्यौपानेले आर्थिक मन्दीका कारण नयाँ उद्यम सृजना गर्ने जोस जाँगर हराउँदै गएको बताउँदै उनले जिल्लामा भएको उद्योगी व्यवसायीको समस्यालाई महासंघमा लैजान आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षिप्त जानकारी दिनु हुँदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा भैरहवा इन्टरनेशनल एयरपोर्ट छिटो सुचारु गर्न र नारायणगढ बुटवल सडक बिस्तारको कार्य छिटो सम्पन्न गर्न दुवै संघले साझारुपमा पहल गर्ने साथै उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झन्झटिलो कर प्रणालीलगायतका विषयमा दुई उद्योग वाणिज्य संघबीच साझा धारणा  बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिबद्ध भएका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमीलगायत २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी र नारायण प्रधानलगायत कार्यसमितिका सदस्यहरू, कार्यकारी निर्देशक निलबहादुर केसी, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षलगायत पदाधिकारी र कार्यसमितिको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकनसमेत गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>