राजनीति
समय सापेक्ष नरहेका कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानून सुधार गर्न आवश्यकः अर्थमन्त्री
०

काठमाडौं, मंसिर ८ –
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानून सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ कानून थप्दै जाने तर पुराना कानून संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























