स्वास्थ्य

इजरायलको हवाई आक्रमणमा गाजामा चार जनाको मृत्यु

Banner

गाजा, चैत २०-

गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ ।

उनीसँगै मारिने चालक प्यालेस्टिनी नागरिक भएको बताइएको छ । यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । यसमा वर्ल्ड सेन्ट्रल किचेन डब्ल्यूसीकेको लोगो छापिएको थियो । वर्ल्ड सेन्ट्रल किचेन अमेरिकी एनजीओ हो ।

यसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । यस घटनाको अनुसन्धान भइरहेको इजरायली सेनाले बताएको छ । सहायताकर्मीहरू देइर–अल–बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए । तटीय क्षेत्रबाट गुज्रँदै गर्दा उनीमाथि हवाई हमला भएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>