चितवन विशेष

चितवन फेशन रन वे–२ मा ३० मोडलले क्याट वाक गर्दै

Banner

चितवन, चैत १७-

दि राइज इभेन्ट्सले ‘चितवन फेशन रन वे भोलुम २’ आयोजना गर्ने भएको छ ।

पहिलो सिजनको सफलतापछि आज आयोजित पत्रकार सम्मेलनमार्फत भोलुम २ को औपचारिक घोषणा गरिएको हो ।
राइज इभेन्ट्स सिईओ तथा चितवनका कोरियोग्राफर सलिन श्रेष्ठले वैशाख २९ गते ग्राण्ड फिनाले गर्ने गरी तयारी भइरहेको जानकारी दिए । श्रेष्ठका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ ।

कार्यक्रमका २० महिला र १० पुरुष गरी ३० जना मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । यस्तै मोडलिङ इच्छुक नयाँ अनुहारलाई पनि मौका दिइने श्रेष्ठले बताए । उनीहरुलाई १५ दिनको निःशुल्क तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व विकास, क्यामेर फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिइनेछ । कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवद्र्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए ।
पहिलो सिजनको तुलनामा यसपटक फरक तरिकाले कार्यक्रम गर्ने गरी तयारी भइरहेको इभेन्ट म्यानेजर बबिन गिरीले बताए । गिरीका अनुसार यस पटक फेशन शो सँगै सांगितिक कार्यक्रम पनि हुनेछन् । स्थानीय ब्याण्ड, डिजे तथा अन्य कलाकारहरुको प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरुलाई अघि बढाउनका लागि यस पटक सांगितिक कार्यक्रम पनि थप गरिएको उनको भनाइ थियो ।

कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत आश्रमलाई सहयोग गर्ने योजना रहेको गिरीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै यसपटक कार्यक्रमबाट बचेको रकमबाट खाद्यान्नलगायतका आवश्यक सामग्री सहयोग गरिने उनले बताए । कार्यक्रमको अफिसियल डिजाइनिङ पार्टनरको रुपमा चित्रकथा बुटिक रहनेछ । चितवन फेशन रन वे को पहिलो सिजन गत वर्षको कात्तिकमा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>