राजनीति

कांग्रेसकी सांसद सापकोटाको प्रस्तावः कोदाको रक्सी र गाँजा खेती खुलाउन पर्छ

Banner

काठमाडौं, चैत १६-

नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी हुन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।

‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ’ उनी थप्छिन्, ‘तर, स्थानीय प्रशासनले त्यस्तो (लोकल रक्सी)भाँडा फालिदिन्छ ।’

कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>