अपराध

चितवनमा लागुऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

Banner

चितवन, चैत १५-

चितवनमा प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका–७ आदर्शटोल बस्ने ३० वर्षीय मिलन तामाङलाई लागुऔषधसहित बुधबार नियन्त्रणमा लिएको हो ।

शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले खानतलासी गर्दा उनको साथमा डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरी जम्मा ५९३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । उक्त लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>