चितवन विशेष

शहीद स्मृति क्याम्पसमा पुनःपरीक्षाको तालिका रद्द गर्न माग, दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

Banner

चितवन, चैत १५-

परीक्षाको नतिजा कुरिरहेका विद्यार्थीको उत्तरपुस्तिका हराउनु लाजमर्दाे भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) शहीद स्मृत्ति क्याम्पसले विरोध गरेको छ ।

यस घटनाप्रति स्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस समितिले एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।

बिहीबार स्ववियु सभापति राजेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘परीक्षाको नतिजा कुरिरहेका विद्यार्थीलाई फेरि परीक्षाको सूचना पठाउने योभन्दा लाजमर्दो र मजाक अरु के हुनसक्छ ? गल्ती कर्मचारीले गर्ने सजाय निर्दोष विद्यार्थीलाई दिने काम तुरुन्त बन्द गरियोस्, कापी हराउने मुख्य दोषीको छानबिन होस्, हराएको कपीहरू तुरुन्त खोजी गरियोस् ।’

त्यस्तै पुन परीक्षाका लागि भनेर निकालिएको सूचना रद्द गर्न र उत्तर पुस्तिका कहाँ र को बाट हरायो तत्काल आवश्यक छानबिन गरी कारबाही गर्न माग समेत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसलाई निर्देशन दिएको थियो । सोही आधारमा रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीलाई बोलाएको छ ।

त्यसैगरी यस घटना प्रति नेपाल विधार्थी संघ रत्ननगर नगर कमिटीले विरोध गरेको छ । बिहीबार नगर कमिटिका सभापति नबिन थापाद्वारा विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘परीक्षाको उत्तर पुस्तिका हराएको विषयमा समेत सम्बन्धित पक्ष मौन बस्ने र छानबिन नगरी परीक्षा तालिका सार्वजनिक गरेको प्रति गम्भीर ध्यानकर्षण भएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>