चितवन विशेष

चैत १७ गते चितवनमा राप्रपाको आमसभा हुने, अध्यक्ष लिङदेनसहित शीर्ष नेताले सम्बोधन गर्दै

Banner

चितवन, चैत १२-

राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनमा चैत १७ गते आमसभा गर्ने भएको छ ।

राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले साेमवार पत्रकार सम्मेलन गरेर रत्ननगरमा आमसभा हुने जानकारी गराएको हो । सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने बताइएको छ । राप्रपाले आम सभाको तयारी पूरा भएको भन्दै पूर्वी चितवनका घरघरमा निमन्त्रणा पठाएको छ । पत्रकार सम्मेलनमा राप्रपाका जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको छ । त्यस्तै पार्टीले आज सोमबार रत्ननगरमा होलीमिलन कार्यक्रम पनि गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>