राजनीति
राज्यमन्त्री कार्कीको कार्यभार तोकियो
०

काठमाडौँ, चैत १२-
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























