स्वास्थ्य

कपालका लागि अत्यावश्यक ५ भिटामिन

Banner

काठमाडौँ, चैत १२-

कपाललाई बाक्लो अनि बलियो बनाउन एउटा मात्र भिटामिन भएर पुग्दैन । धेरै थरी भिटामिन र मिनरल्स चाहिन्छ । भिटामिन ए वा भिटामिन सी मात्रै सेवन गरेर कपाल बाक्लो र बलियो हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाईँको सोच गलत छ । तर स्वस्थ रहन हामीलाई सबै प्रकारका पोषक तत्त्व चाहिन्छ । कपालको कुरा आउँदा त यसमा झन् धेरै ध्यान दिनु पर्छ । पछिल्लो समय धेरैजसो मानिस समय अगावै तक्लु हुन थालेका छन् । कपाल सही नसक्नु गरी झर्न थालेको छ । टाउको तक्लु बन्दै जानुको एक खाले रोग हो, यसको लागि हामी आफैँ जिम्मेवार छौँ । हाम्रो खानपिन यति खराब भइसकेको छ कि कपाल झरेर समय अगावै मान्छे टक्लु भइरहेका छन् । आजको यस लेखमा हामी कपालका लागि अत्यावश्यक केही भिटामिनबारे कुराकानी गर्न गइरहेका छौँ-

भिटामिन ए

कपालको विकासका लागि भिटामिन ए निकै महत्त्वपूर्ण छ । हेल्थलाइनको रिपोर्टअनुसार कपालको पोषणका लागि भिटामिन एबाट प्राप्त हुने क्यारोटिन निकै महत्त्वपूर्ण भएको अध्ययनले नै प्रमाणित गरिसकेको छ । तर, यसका लागि भिटामिन ए को सप्लिमेन्ट भने बेकार हुन्छ । भिटामिन ए पर्याप्त पाइने खानेकुरा नै खानुपर्छ । यसका लागि एक कप पालुङ्गोले नै दिनभर चाहिने भिटामिनको २० प्रतिशत पूर्ति गर्छ । भिटामिन ए पाउन दिनहुँ कुनै न कुनै रूपमा अण्डा, माछा, सखरखन्डा, गाजर, फर्सीको बियाँ आदि खानुहोस् ।

भिटामिन बी

भिटामिन बीले कपालको लागि कोलाजेन उत्पादन गर्न मद्दत गर्दछ । कोलाजेनले बिग्रिएको कपालको मर्मत गर्दछ अनि कपालको वृद्धिमा पनि मद्दत गर्दछ । भिटामिन बी को लागि सधैँ हरियो पात भएका तरकारी, डेयरी मिल्क, च्याउ, कुखुराको मासु, दाल अनि काउली खानुस् ।

भिटामिन सी

हेयर फलिकल्समा पोषक तत्त्व पुर्‍याउन अति नै जरुरी छ । रगतमार्फत पोषक तत्त्वहरू हेय फलिकल्ससम्म पुग्छन् । तर यसका लागि भिटामिन सी निकै जरुरी छ । भिटामिन सीले कपाललाई बलियो र चम्किलो बनाउँछ । अमला, कागती, जामुन, बेरी आदि भिटामिन सीका मुख्य स्रोत हुन् ।

भिटामिन डी

भिटामिन डीले कपाललाई पोषण दिने हेय फलिकल्सलाई सक्रिय पर्छ अनि कपालको बढाउन सघाउँछ । त्यसैले कपालको वृद्धिका लागि भिटामिन डीको दिनहुँ सेवन गर्न जरुरी छ । भिटामिन डी पाउनका लागि बोक्रा नफ्याँकिएको अन्न, माछा, फोर्टिफाइड दूध खानुस् । भिटामिन डी पाउन दिनहुँ केही समय घाममा पनि बस्न सकिन्छ । घामबाट छालाले स्वतः भिटामिन डी सोस्छ ।

भिटामिन के

टाउकोको छालामुनि कपाल उमार्न अनि त्यसलाई बलियो बनाउन भिटामिन केले महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यहाँसम्म रगत आपूर्ति गर्न भिटामिन के चाहिन्छ । अण्डा, बन्दा गोभी, दूध, पालुङ्गो, ब्रोकाउली आदिमा भिटामिन के पाइन्छ ।

भिटामिन ई

कपालको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण भिटामिन हो भिटामिन ई । यसले कपालको जरालाई पोषण दिन्छ । यो टाउकोको छालालाई स्वस्थ बनाउने प्राकृतिक एन्टिअक्सिडेन्ट पनि हो । यसले कपाललाई बढ्न सहयोग गर्छ । भिटामिन ईका लागि वनस्पतिको तेल, हरियो सागसब्जी, अनाज, बदाम आदिको सेवन गर्न सकिन्छ ।

जिङ्क

कपालको समग्र वृद्धिको लागि जिङ्क निकै महत्त्वपूर्ण छ । जिङ्कले कपालको कोशिकाहरूलाई धेरै छिटो दरमा विभाजन गर्न मद्दत गर्दछ जसले छिटै कपालका कोशिकाहरू बन्छन् । यसरी कपालको वृद्धिको लागि जिङ्क जिम्मेवार हुन्छ । जिङ्कको लागि समुद्री खाना, बदाम, बोक्रा नफ्याँकिएको अन्न, दूधबाट तयार पारिको सामाग्री, फर्सीको बीउ आदि खान सकिन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>