खेलकुद

आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

०
Banner

काठमाडौँ, चैत १२

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन् । साथै अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>