अन्तर्राष्ट्रिय
इजरायल–गाजा युद्धमा अहिलेसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गयो
०
इजरायल, चैत १२-
गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
गाजामा भूमिगत अपरेशनमा मर्ने इजरायली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको खबरमा उल्लेख छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>