अन्तर्राष्ट्रिय

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा शुरु

Banner

रुस, चैत १२-

रुसले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेका भन्दै चार जना आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । कम्तिमा १ सय ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना ह्वीलचेयर प्रयोगकर्तासहित चारै जनालाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा लगिएको बीबीसीले जनाएको छ ।

सबै अभियुक्त घाइते अवस्थामा रहेका खबरमा उल्लेख छ । गएको शुक्रवार क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला आक्रमण गरेको इस्लामिक स्टेट समूहले दाबी गरेको छ । रुसी अधिकारीहरूले भने कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई अस्वीकार गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>