राजनीति
एमालेको सचिवालय बैठक सुरू
०

काठमाडौं, चैत ११-
सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरू भएको हो।
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।
त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्। इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ।
तीन नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























