कालिका

कालिकामा भएको स्वास्थ्य शिविरमा ५८० जनाको स्वास्थ्य परीक्षण

Banner

चितवन, चैत १०-
कालिका नगरपालिका वडा नम्बर ६ मा भएको स्वास्थ्य शिविरमा ५८० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

नेपाली कांग्रेस चितवनको स्वास्थ्य बिभागले सो शिविर सञ्चालन गरेको हो ।

शुक्रबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिबिरमा जिल्लाभरबाट एक हजार ५८० जनाले स्वास्थ्य सेवा लिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । शिविरमा २९८ जनाले भिडियो एक्सरे सेवा,२५३ जनाले ईसीजी सेवा,९५ जनाले भिआईए सेवा लिएका छन् ।

त्यसैगरी ५७५ जनाले आँखा जाँच सेवा लिएका छन् । शिबिरमा १०० जनालाई चश्मा बितरण गरिएको थियोे भने ८०० जनाको सुगर तथा प्रेसर जाँच गरिएको थियोे । शिबिरमा ८७० जना महिला र ७१० जना पुरुषले सेवा लिएका छन् । त्यस्तै शिबिरमा १० लाख बराबरको निःशुल्क औषधि पनि बितरण गरिएको छ ।

शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसुति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नसा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटु रोगसम्बन्धी र छाला तथा यौन रोग सम्बन्धी सेवाहरु उपलब्ध गराइएको थियोे । नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा कांग्रेस अभियान अन्तर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सभापति खनालले बताए । कार्यक्रम संयोजक दिनेश अधिकारीको अध्यक्षतामा भएको शिविर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री डा शशांक कोइरालाले उद्घाटन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>