Breaking News

गृहमन्त्री रवि लामिछानेको कांग्रेसलाई जवाफ: राजीनामा माग्नुपर्देन, राजीनामा पत्र तयार छ

Banner

काठमाडौं, चैत १०-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले राजीनामा मागिरहनु पर्देन काम गर्न नसके राजीनामा पत्र झोलामा तयार रहेको बताएका छन् ।

वर्तमान सन्दर्भमा बोल्दै लामिछानेले आफूहरुलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने बताएका हुन् । कांग्रेसले संसदमा निरन्तर राजीनामा माग्न थालेपछि उनले आफ्नो  पार्टीको जस्तो कांग्रेसलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न सुझाव दिए ।

उनले आउन चुनावसम्म नागरिकमा भरोसा जगाउने गरी काम गर्ने दाबी गरे । उनले भने, ‘सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई भनेको छु, यही अवस्था कायम रहिरहे आउने चुनावअघि नै जनतामा भरोसा जगाउन सकिन्छ । हामी जोखिम मोलेर जोडिएका छौं । हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौं, काम गर्न सकेनौं भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ । मात्रै मिति लेख्न बाँकी छ । हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौं भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ ।’ लामिछानेले प्रधानमन्त्रीले गरेको आँट रहिरह्यो भने ऐतिहासिक उपलब्धि प्राप्त हुने विचार राखे । उनले सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति नभएको दाबी गरे ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>