अन्तर्राष्ट्रिय
कोहलीको कमाल: टी–२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय बने
०

बैंग्लोर, चैत १०-
रोयल च्यालेन्जर्स बैंग्लुरुका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
यससँगै कोहली क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिकजस्ता खेलाडीको क्लबमा सामेल भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४हजार ५६२ रन बनाएका छन् । जहाँ पाकिस्तानका शोएब मलिक १३ हजार ३६० रनको साथ दोस्रो स्थानमा छन् ।
वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।
ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















