माैसम
बागमतीसहित तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
०

काठमाडौं, चैत १०-
पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















