Breaking News

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

Banner

चितवन, चैत्र ०९-

नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए । आदिवासी जनजाति समुदायलाई आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउँदै शेरचनले भने, ‘म १०१५ सालमा चितवन झरेको मान्छे हुँ । मैले अधिकार प्राप्तिको लागि आजसम्म पनि लडिरहेको छु । किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ ।’
अधिकारकै लागि आवाज उठाउँदा पटकपटक अङ्गभङ् बन्नु परेको तीतो यथार्थ सुनाए । ‘त्यसकारण यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गरेको छ,’ उनले भने ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पु¥याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास दिलाइन् । महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको उनले बताइन् । ‘यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ,’ उनले भनिन्, ‘भावी पुस्ताको लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस् ।’

महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।
महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ । चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ । त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए ।
महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए ।
चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो । शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>