अन्तर्राष्ट्रिय

अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मा आईएसले लियो

Banner

अफगानिस्तान, चैत ९-

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

हिजो भएको बम विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अफगानिस्तानको तालिबान सरकारले कान्दाहार शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको बताएको छ । आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबान लक्षित आक्रमण गरेको बताएको छ ।

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झन्डै एक सय ५० तालिबानी सदस्यबीच विस्फोटक पदार्थ विस्फोट गराएको बताएको खबरमा उल्लेख छ । यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो । सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो ।

तालिबान सरकारले ज्यान गुमाउनेको सङ्ख्या तीन जनामात्रै भने पनि कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक डाक्टरले विस्फोटमा २१ जनाको ज्यान गएको र कम्तीमा ५० जना घाइते भएको बताएका छन् ।

तालिबानका सर्वोच्च कमान्डर बस्ने कान्दाहार सहर तालिबानको शक्तिको केन्द्र मानिन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>