चितवन विशेष

रत्ननगरको नेपाल नमुना माविमा बेथिति बढेको भन्दै अनेरास्ववियुले गर्‍यो ध्यानाकर्षण

Banner

चितवन, चैत ८-

रत्ननगरको नेपाल नमुना माविमा बेथिति बढेको भन्दै अनेरास्ववियुले नगरपालिका र विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलले विद्यालयमा मनलाग्दी गरिएको भन्दै नगरपालिकाका उपप्रमुख यादबप्रसाद पाठक र विद्यालय व्यवस्थापन समितिलाई विज्ञप्ति बुझाएर ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियुले विद्यालयमा चरम राजनीतिक हस्तक्षेपले शैक्षिक बातावरण धमेलिएको बताएको छ । विज्ञप्तिमा नगरपालिका र प्रधानाध्यापकबीचको द्वन्द्वले विद्यालयमा अराजकता र बेथिति बढेको उल्लेख गरिएको छ । विद्यालयमा शिक्षक कर्मचारी पाँच महिनादेखि तलब लिन बञ्चित भएको, नेपाली विषयको शिक्षकलाई अन्यत्र सरुवा गरी रातारात विषय परिवर्तन गरी अर्काे शिक्षक ल्याइएको, सुत्केरी बिदामा रहेको शिक्षकको विषय परिवर्तन गरी शिक्षक सरुवा गरिएकोलगायतका अरोप अनेरास्ववियुले लगाएको छ ।
त्यसैगरी विद्यालयमा आईसीटी ल्याब बनाउन आएको अनुदान निर्णय गर्न नसक्दा फिर्ता गएको र सम्मानित अदालतको आदेशलाई अबहेलना गर्नाले समग्र शैक्षिक बाताबरण प्रभावित भएको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ । राजनीतिक स्वार्थ पूरा गर्न विद्यालयलाई भर्ती केन्द्र बनाउन खोजिएको अनेरास्ववियुले विज्ञप्तिमा आरोप लगाएको छ । विद्यालय प्रशासनले समस्यामा समाधान नगरे आन्दोलनमा उत्रने अनेरास्ववियुले ध्यानाकर्षणको क्रममा चेतावनी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>