Breaking News

चितवनमा आर्थिक वर्षको आठ महिनामा विकास खर्च ५० प्रतिशत पनि भएन

Banner

चितवन, चैत ८-

चितवनमा यस आर्थिक वर्षको आठ महिनासम्ममा विकासमा आयोजनाहरुमा ५० प्रतिशत पनि खर्च भएको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार यस आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा संघतर्फ विकास खर्च ४१.१७ प्रतिशत र प्रदेशतर्फ २६.९९ प्रतिशत भएको हो ।

संघीय सरकारको भन्दा पनि प्रदेश सरकारका योजनाहरुमा विकास खर्च निकै कम देखिन्छ । दुवै तहको सरकारको खर्च आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा ५० प्रतिशत पनि खर्च भएको छैन । संघतर्फ फागुन महिनासम्म चालु र पूँजीगत खर्च गरी नौ अर्ब ८७ करोड आठ लाख ६८ हजार ०१२.५४ रुपैयाँ र प्रदेशतर्फ एक अर्ब २७ करोड ५८ लाख ४७ हजार ६१३.९४ रुपैयाँ खर्च भएको छ । जसमा संघतर्फ विकास खर्च दुई अर्ब ३१ करोड ७० लाख ५२ हजार ७८४.३५ रुपैयाँ प्रदेशतर्फ ६६ करोड ५३ लाख १३ हजार ५४२.३८ रुपैयाँ विकास खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख यमनारायण शर्माका अनुसार बिगत वर्ष भन्दा विकास खर्चमा सुधार भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चैत पछाडि मात्र बित्तिय प्रगति देखिन्छ । वैशाखतिर खर्च नभएको बजेट रकमान्तर भइसकेपछि वास्तविक बित्तीय प्रगति देखिन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>