समाचार

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

०
Banner

जुम्ला, चैत ८-

कालिकोटको खाडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

गत चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका ५० वर्षीय चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको ४ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै थियो। उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा केएन पौडेलले बताए।

चौलागाईंको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले बताए। आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमवार दिउँसो मृत्यु भएको थियो।

शुक्रवार घरमुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा पु¥याउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए। नन्दरामका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए।

घाइते बाबुछोरीलाई शनिवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि थप उपचारका लागि बेलुकी हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>