समाचार
फेसबुक फेरि समस्या,अनलाइन हेर्न र स्टोरी नदेखिएपछि प्रयोगकर्ताको रिपोर्ट
०

चितवन,चैत ७-
मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।
यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । केही दिन अघि पनि यी प्लेटफर्महरुमा लगईन नै नहुने समस्या आएको थियो । करिब एक घण्टा विश्वभर नै यस्तो समस्या देखा परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























