समाचार
धरानमा किशोरीको शव घाँटी रेटिएको अवस्थामा फेला, खुकुरी पनि भेटियो
०

धरान,चैत ७-
धरान उपमहानगरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमा एक किशोरीको शव फेला परेको छ । धरान १८ स्थित बीपी प्रतिष्ठान र डिपोट स्कुलको बीचको खोल्सामा किशोरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख नवराज मल्लका अनुसार खोल्सामा भेटिएको शवको घाँटी रेटिएको छ । पहिचान नखुलेको ती किशोरीको शवनजिकै खुकुरी पनि फेला परेको छ ।
स्थानीयहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार अहिले शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























