राजनीति

अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा गर्नुस्

Banner

काठमाडौँ, चैत ७-

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सांसद ज्वालाले भन्नुभयो, ‘विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति सांसदहरु भएकाले उनीहरुलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्छ ।’

उहाँले योजना निर्माणमा पनि सांसदहरुको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिनेगरी बजेट ल्याउने अपेक्षा समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोडने खालको हुने भन्दै आउनुभएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरु आशावादी रहेको पनि बताउनु भयो । सांसद ज्वालाले बजेट पारदर्शी ढंगले ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो । न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>