राजनीति
राप्रपाकी सांसद विनाको प्रश्न: मैले यहाँ अर्थमन्त्री देखिनँ उहाँ नै नभएपछि कसलाई सुनाउने ?
०

काठमाडौं, चैत ७-
राप्रपाकी सांसद विना लामाले बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलको क्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितीविना नबोल्ने अडान लिइन् ।
उपसभामुख इन्दिरा रानाले लामालाई बोल्न समय दिएपछि रोष्ट्रममा पुगेर भनिन्, ‘मैले यहाँ अर्थमन्त्री देखिनँ उहाँ नै नभएपछि कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने राम्रो हुन्थ्यो । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’
उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री अर्को प्रतिनिधि राखेर खाना खान गएको भन्दै बोल्न आग्रह गरिन् । तर, पनि सांसद लामा तयार भइनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























