राजनीति
सहकारी ठगीको छानबिन समिति गठन गर भन्दा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ?
०

काठमाडौं, चैत ७-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकारका न्यूनतम साझा कार्यक्रमको एक विषयमाथि प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै खतिवडाले भने, ‘न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरेको पाइयो। सहकारी ठगीको एउटा संसदीय छानबिन समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय रहेछ सभामुख महोदय।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























