अन्तर्राष्ट्रिय

काम गर्दागर्दै रेल्वे ट्र्याकमा पल्टिएका गार्डहरूको मृत्यु

Banner

नयाँ दिल्ली, चैत ७-

हिजोआजका युवाहरूमा मात्रै होइन वृद्ध वृद्धाहरूमा पनि हेडफोन र इयरफोनको क्रेज छ । घरमा होस् वा बाहिर घुम्न जाँदा धेरैजसोको कानमा इयरफोन झुन्डिएको देखिन्छ । सडकमा काम गर्दा वा हिँडिरहेको समयमा कानमा हेडफोन घुसाएर गीतमा मग्न हुनु धेरै खतरनाक हुन सक्छ । तर पनि मानिसहरू सावधानी अपनाउँदैनन् । यसरी इयरफोनमा मग्न भएको बेलामा अनेकौँ घटना घटेका छन् । भारतको जैसलमेरको पोखरणमा रेल कर्मचारीका लागि इयरफोन मृत्युको कारण बनेको छ ।

पोखरण रेलवेमा विद्युतीकरणको काम भइरहेको छ । यही बेलामा रेल्वे ट्र्याकमा दुई कर्मचारीको मृत्यु भएको हो । ती दुई जना कर्मचारी रेलवे गेट नजिकै काम गरिरहेका थिए । दुवैको नाइट सिफ्ट थियो । लगातार काम गर्दागर्दै दुवै जना थाकेका थिए । केही बेर सुस्ताउन दुवै रेल्वेको ट्याकमै पल्टिए । यतिबेला दुवैले कानमा इयरफोनमा गीत सुनिरहेका थिए । सोही रेल्वे ट्र्याकमा एउटा रेल आयो र दुबैलाई कुल्चियो ।

मृत्यु हुने दुवै युवाको सनाखत भइसकेको छ । उनीहरू चार दिनअघि मात्रै सेक्युरिटी गार्डको जागिर पाएका थिए । दुवैको सिफ्ट राति ९ बजेदेखि बिहान ४ बजेसम्म थियो । घटना भएको दिन दुवै जना काम गरिरहेका थिए । यस क्रममा इयरफोनमा गीत सुनिरहेका थिए । इयरफोनमा बजेको गीतका कारण उनीहरुले नजिकै आएको रेलको आवाज सुनेनन् र यो दुर्घटना भयो । दुवैको कानभित्र इयरफोनका टुक्रा भेटिएको थियो । दुबैलाई कार्गो रेलले किचेको अनुमान गरिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>