खेलकुद

आयरल्यान्ड ‘ए’ सँग खेल्ने र भारत भ्रमण जाने नेपाली राष्ट्रिय टिम घोषणा

०
Banner

काठमाडौं, चैत ७-

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’(आयरल्यान्ड वुल्भ्स)सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।

आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ। नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ।

त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>