राजनीति
रवि लामिछाने र वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको राँके जुलुस
०

काठमाडौं,चैत ६-
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै राँके जुलुस निकालेको छ । मंगलबार साँझ उनीहरूले पाटन क्याम्पस गेट अगाडि नाराबाजीसहित राँके जुलुस निकालेका हुन् ।
वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्करी, दोहोरो नागरिकतासहितका काण्डमा मुछिएकाले विरोधस्वरूप राँके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनीले बताए । कांग्रेसले संसद्मा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























