Breaking News

शालिन मृत्यु प्रकरण: विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

Banner

चितवन, चैत ६-

रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ ।  एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा तीन लाख,  शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्मा पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । गत फागुन १२ गते एकता शिशु निकेतनमा अध्ययनरत पोखरेल पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि शालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । तर, बालिकाको पोष्टमार्टम रिपोर्टमा हत्या नभएको पाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>