Breaking News

अहिलेको सत्ता गठबन्धनले पनि काम गर्न नसके देश अप्ठेरोमा पर्छ: प्रचण्ड

Banner

काठमाडौं, चैत ६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा पर्ने बताएका छन् ।

आज सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनेकोले काम गर्न नसके समस्या आउने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ ।’

अहिलेको समीकरण आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको उनले बताए । नयाँ गठबन्धन बनेको केही दिनमा नै राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जायज माग राखेर भइरहेका विरोधलाई सम्बोधन गरिएको बताए । सडकमा जथाभावी माग राखेर हिँड्नेलाई भने कारबाही गर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई पनि विगतको भन्दा नयाँ ढंगले काम गर्न निर्देशन दिए । उनले फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नपर्ने बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>