स्वास्थ्य

नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेपछि

Banner

धनगढी, चैत ६-

धनगढी उपमहानगरपालिका भित्रै एक व्यक्तिले विष सेवन गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुासर उपमहानगरपालिका भित्र विष सेवनका उक्त व्यक्तिलाई अस्पताल भर्ना गरिएको हो ।

आज (मंगलबार) बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेको सीसीटीभी फुटेजमा देखिएको छ । उनले उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको समेत बताएका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

त्यस्तै रानाले आफूलाई ह्वाट्सएम मार्फत धम्की दिएको भन्दै सोमबार उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दकाअनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>