राजनीति
अध्यक्ष नेपाल र घनश्यामको आग्रहमा मनाङेलाई मन्त्री बनाएँ: मुख्यमन्त्री पाण्डे
०

काठमाडौं, चैत ६-
हिजो गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) बनेका थिए ।
उनलाई प्रदेशको पुर्वाधार मन्त्री बनाउन नेकपा एसका नेताहरूले दबाब दिएको प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । आफूलाई मनाङेलाई मन्त्री बनाउन अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले धेरैपटक फोनमा र भेटेर आग्रह गरेको उनको भनाइ छ ।
उनले भने, ‘माधव नेपालले पनि धेरैपटक भन्नुभएको हो । मैले समय आएपछि बनाउँला भनेको थिए । अहिले मलाई त्यो उपयुक्त समय आयोजस्तो लाग्यो र उहाँहरूले भनेकै मान्छेलाई मन्त्री बनाइदिएको छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























