राजनीति
गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्छ: सांसद दीपक गिरी
०

काठमाडौं,चैत ६-
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद दीपक गिरीले सहकारी ठगीमा प्रकरणमा अनुसन्धान भइरहेकै व्यक्ति गृहमन्त्री बनेपछि निष्पक्ष अनुसन्धानमा आशंका बढेको बताए।
उनले भने, उहाँमाथि प्रहरीले अनुसन्धान अघि बढाइएको थियो। सीआइबीले सहयोग गरिरहेको थियो। तत्कालिन गृहमन्त्रीले छानविन अघि बढाउन निर्देशन पनि दिनुभएको थियो। तर अहिले सत्ता गठबन्धन बदलियो। अनुसन्धान हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर आउनुभएको छ। जसरी पनि गृहमन्त्रालय नै चाहिन्छ भनेर सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखियो। तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























