समाचार
अनलाइन क्यासिनो खेलाएको आरोपमा तीन युवतीसहित चार जना पक्राउ

काठमाडौं, चैत ६-
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ गरेको छ ।
मंगलबार पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा पक्राउ परेका हुन् ।
उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् ।
उनीहरुले क्यास एप, फायरक्रिन एप्लिकेशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।























