राजनीति

रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउन जनमोर्चाको माग

Banner

काठमाडौं, चैत ५-

‘राष्ट्रिय जनमोर्चाले देशका विभिन्न सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा मुद्दा परेका र अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई गृहमन्त्री बनाउने कार्यप्रति गम्भीर आपत्ति तथा विरोध प्रकट गर्दछ । राष्ट्रिय जनमोर्चाले निजलाई तुरुन्तै त्यो पदबाट हटाउनका लागि माग गर्दछ’, अध्यक्ष चित्रबहादुर केसीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुने उनको भनाइ छ । केसीले गृहमन्त्रीको राजीनामाको लागि कांग्रेसले उठाएको मागलाई पार्टीले समर्थन गर्ने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>