चितवन विशेष

भरतपुरको एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड, डिआरएससंग फोटो खिच्न तछाडमछाड

Banner

चितवन, चैत ५–

उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशन कन्क्लेभ–२०२४’ मा विद्यार्थीको भीड लागेको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘कन्क्लेभमा विद्यार्थीहरुको सहभागिताले हामी निकै उत्साहित छौं, सहभागि सबै विद्यार्थी तथा अभिभावकहरुमा धन्यवाद प्रकट गर्दछु’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

पछिल्लो समय विद्यार्थीको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । चितवनमा पहिलोपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट पनि परामर्श लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका थिए ।
कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु समेत पाएका थिए । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी, मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउँदा दंग परेका थिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थितिले विद्यार्थीहरुमा उत्साह बढाएको थियो । डिआरएसको खेलाडीसंग अन्तरक्रिया तथा फोटो खिचाउँन पाउँदा भरतपुर–१६ का सुदिप थापा मगर दंग परे । ‘टिभी तथा युट्युवमा धेरैजसो देख्ने खेलाडीलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा धेरै नै खुशी लाग्यो, यो अवसर जुटाई दिने एक्सपर्ट चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–कन्क्लेभमा सहभागि युवा सुदिपले भने ।
नारायणगढका रुद्राक्ष जोशी पनि डिआरएसका खेलाडीहरुको जर्सी हस्ताक्षरसहित पाउँदा खुशी प्रकट गरे । ‘एक्सपर्टलाई मेरो स्पेशल थ्याङक्स, खेलाडीहरुको हस्ताक्षरसहितको जर्शी पाए त्यसैमा धेरै खुशी छु’–जोशीले भने ।

डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले विद्यार्थीहरुको सवालको जवाफ दिएका थिए । कार्यक्रमको अन्तिममा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाइ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले धार्मिक ग्रन्थ ‘भगवतगीता’ उपहार प्रदान गरेका थिए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>