घटना -दुर्घटना

चितवनका राम रिजाल आयरल्याण्डमा मृत फेला, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

Banner

चितवन, चैत ५-

चितवनको रत्ननगर–६ बछौंलीका ४२ वर्षीय राम रिजाल आयरल्याण्डमा मृत फेला परेका छन् ।

गत शुक्रबार आयरल्याण्डको घर नजिकैको जंगल डियर पार्क प्लेस टाला डब्लिनमा मृत भेटिएका हुन् ।

विदेशी केटी विवाह गरेका उनको घरमा पारिवारिक असमझदारी भएपछि अत्महत्या गरेको अनुमान परिवारको छ । उनको दुई छोरा र एक श्रीमती आयरल्याण्डमा छन् भने सौराहामा आमाबुबा छन् । आयरल्याण्डमा अध्ययनको क्रममा उनलाई नजिकबाट चिन्ने सौराहाका होटल व्यवसायी सुमन घिमिरेका अनुसार आज भन्दा झण्डै २२ वर्ष अघि उनी विदेशीहरुसँग आयरल्याण्ड गएका थिए । मृत भेटिएको खबरले उनको घरपरिवार स्तब्ध भएका छन् ।

अष्ट्रेलियामा रहेका भाईबुहारी उनको अवस्था बुझ्न आयरल्याण्ड पुगेका छन् । घिमिरेले रिजालको पोष्टमार्टम रिपोर्ट आइनसकेकोले के भएको भन्ने नखुलेको नारायणी अनलाइनलाई बताए । रिपोर्ट हेरेपछि उनको शव नेपाल ल्याउने वा नल्याउने निर्णय गरिने पारिवारिक स्रोतले बताएको छ ।

बछौलीमा रिजालको छिमेकी रहेका साहित्यकार धनराज गिरीले आफ्नै काखमा हुर्किएको रिजाल मृत भेटिएको खबरले चिन्तित बनाएको बताए । उनले भने, ‘ दुई छोरा र छोरी मध्ये राम जेठो हुन् । विदेशमा नै राम्रोसँग सेटल भएर बसेको व्यक्ति मृत भेटिनुले आश्चर्यमा पारेको छ । हामीलाई निकै दुःखी बनाएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>